म तिमि जस्तो बन्न चाहन्छु

10 1 0
                                    

जिन्दगि एउटा लामो यात्रा
कॅाडै कॅाडाले भरिएको
जता ततै  चुवास्सा चुवास्सा घोच्छ
जति बिजाये पनि , पोले पनि
आमा ! तिमि हिडिराख्छौ

आत्था, अैया , आज म सक्दिन
अह , केहि भन्देनौ ।
सबै सहन्छौ
दुखाइ, पिडा अनि यो लामो यात्रा मा भएका थुप्रै घाउहरु
न पट्टि लगाउन्छौ , न बिश्राम लिन्छौ
तिमि हिडिराख्छौ , निरन्तर।

हो आमा ! म तिमि जस्तो बन्न चाहन्छु

चंगा जस्तो यो जिन्दगि
उड्दै उड्दै कता पुग्छ कता
तर तिमि जति दुख भए पनि मुसुक्क हस्छौ
दुख लाई पनि खुसि को आभास दिलाउछौ
ताल मा ताल मिलाएर हिड्छौ
कहिले मिठो संगीत संग
कहिले नमिठो धून संग

तिम्रा  आफ्ना सपना  कान्छ्या
सबै स्तगित राख्य छौ
केवल
मेरा सपना , मेरा ईच्छ्या र मेरा चाहना हरु पुरा गर्न

आमा म तिमि जस्तो बन्न चाहान्छु 
तर गारो रहेछ
अराजकताम पनि अधभूत बन्न
आफु जलेर रुलाई न्यानो दिन
तर प्रयास गर्ने छु
म मेरी आमा जस्तै सुन्दर बन्ने  छु

B ko LekhTempat cerita menjadi hidup. Temukan sekarang